मेरा बा को गाउले जीवन।उमेर ढल्किदै छ।बा प्राय सबेरै उठ्छन्।गाउको घर गोठको काम सकाएर बा बिहान ६” बजे को समाचार सुन्न हातमा पाँच मुठी दुधको चिया लिएर घर बाहिर बेन्चमा बस्छन् बा। बाले त्यही रेडियो बाट धेरै नेताको नाम र उनिहरुको काम पनि चिनेका छन ।कुन नेता ले कुन ठाँउ बाट कतिपटक चुनाब जित्यो बा लाई कण्ठ छ ।पन्चायत ,राजतन्त्र को राम्रो अनुभव भएका बा ले गणतन्त्र को लागि त योगदान नै गर्नुपरेको थियो।
नेपालका राम्रा ,नराम्रा सबै परिवर्तन को साक्षी हुन् बा।रेडियो को समाचार ,अन्तरबार्ता सुनेर बा आफ्नो दैनिकी सुरु गर्छन्।।बा धेरै नेता को चुनाब मा जिन्दावाद ,मुर्दाबाद को नारा देखि गणतन्त्र ,धर्म निरपेक्षता,समाबेशिता ,संघीयता अझै जनबादी राज्य ब्यबस्था को लागि भएका सबै आन्दोलन मा सरिक थिए।।जब राजतन्त्र को अन्त्य भयो बा को मन ले पनि जितेको महसुस गर्यो। अब कोहि पनि रोग ,भोग, गरीबी ले मर्नु नपर्ने र देश मै सबै नेपाली छोराछोरी ले रोजगारी पाउने सपना देखेका बा।दुई दुई पटकको चुनाब पछि नेपाल ले सङ्घियता सहित को संविधान पायो ।
बा अझै हौसिए ।उनले पकाएर खुवाएका कैयौ नेता मन्त्री ,पि ए र अन्य सरकारी ठाँउमा जागिरे भए।यसै बिच कोहि चुनाब हारेर पनि मन्त्री कोहि के के भए बा को मनमा गणतन्त्र को परिभाषा र उनलाइ रटाएको ब्यबस्था ले ससन्कित बनाइरहेको थियो।यहि बिचमा बा ले गाउँ देखी केन्द्र सम्म सधै लडाई मात्रै गर्ने दुई ठुला कम्युनिस्ट पार्टी को एकीकरण पनि देखे ।उनलाइ लाग्यो अब त केही होला ।स्थिर सरकार बन्ला ,बिकाश ले धेरै उचाइ लेला।सुरु देखि कम्युनिस्ट पार्टी भित्रको पद र भागबन्डा को प्रत्यक्षदर्शी हुन् बा। बा लाई कहिलेकाही भेट्छु ।
समसामयिक ,राजनितिक बिषयमा कुरा गर्छु ।बा निर्धक्क का साथ पुराना दिन,अहिलेका प्राय नेताका गुण दोस को फेहरिस्त सुनाउछन् ।बा को यो सरकार प्रति अत्यन्तै बितृष्णा छ।यो माहामारी मा संघीय सरकारले गरेका काम प्रती उनी पुरै असन्तुष्ट छ्न्।माहामारी को सुरुवाती मै स्वास्थ्य सामाग्री को खरिद को अनियमितता देखि अहिले भएको नियुक्ति देख्दा बा ले पुरानै गाको उखान काम कुरो एकातिर कुम्लो बोली ठिमी तिर भन्छन् ।
बा भन्छन् नेताहरु राज्यबाट बारम्बार करोडौं रुपियाँ लिएर उपचार गर्छन् तर संविधान बिपरित ,जनस्वास्थ्य ऐन बिपरित निशुल्क भनिएको सरुवा रोग को उपचार मा शुल्क लिने भन्दा बा रिसले चुर छन् । यति धेरै तयारी को समय पाउँदा पनि सरकारले केही गरेन।उल्टो यो माहामारी लाई त कमाउने उपयुक्त अवसर पो भो बा भन्छन्।देश बिदेश बाट आफ्नो गाँस कटाई नेपाल पठाएको कोरोना कोष को रकम कहाँ छ र यो कस्को लागि हो बा लाई सोध्न मन छ रे।lलकडाउन को सुरु देखि नै सङ्घिय र प्रदेश सरकारले गरेका काम प्रती बा सन्तुष्ट छैनन् ।बरु बाहिरी देश र जिल्ला बाट आउनेहरुको ब्यबस्थापनमा स्थानीय सरकारले गरेको काम पो बा ले राम्रो देखेका छन् बाले। सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा प्रधानमन्त्रीले पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याएको रमिता देख्दा बा टोलाउछन्।आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित रहेको अनि चुनाब मा पराजित बामदेब लाई सधैँ कोभिड़भन्दा ठूलो मुद्दा बनाएको देख्दा बा का आँसु थामिदैनन।मच्छिन्द्रनाथको रथ जात्रालगायतका धेरै धार्मिक-सांस्कृतिक कार्यक्रममाथि रोक लागे पनि सयौंको भीड़ जम्मा गरेर पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुनले छेकेको छैन।
नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्ने लाई कारबाहीको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाइएको छ ।विदेशी माटोमा अलपत्र मजदुरलाई बीस हजारको हवाइ भाड़ा सत्तरी हजारमा बेचियो, क्वारेन्टीनको नाममा होटेलसँग कमिशनको डिल भयो र ती निमुखाको रगत चुस्ने काम भयो । अझै पनि कति धेरै नागरिक बेख़र्ची भएर अलपत्र छन् ।सेनाको नाम बेचेर ओम्नीकै सामान ल्याइएपछि सेना मेडिकल सामग्री आयातबाट पछि हट्न बाध्य भयो । अरबौं ख़र्चेर ल्याइएका सामग्री नक्कली निस्किए ।रक्षामन्त्री नै फेर्नुपर्ने अवस्था आयो ।किसानले मल पाएनन् ।बिदेशबाट रोजगारी गुमाएर फर्केका लाई खासै रोजगारीमा दिन सकेन रे सरकार ।
उत्पादन गरेर जीविका चलाउनेले बजार पाएनन् । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरू सड़कमा एक छाक खानाका लागि लाइन लागे । कति धेरै नागरिकले उपचार पाएनन् र एम्बुलेन्समैं हस्पिटल चहार्दै ज्यान गुमाए । बोर्डरमा आएर पनि आमाको किरिया बस्न देश छिर्न पाएनन् । अहिले भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहुँ कतिले ज्यान गुमाउँदै छन् । न आर्थिक सहयोग, न कर छुट, न कुनै सुविधा । सक्ने बाँच, नसक्ने जति मर जस्तो अवस्था छ ।बा भन्छन्
ए सरकार !प्रधानमन्त्रीले रुचाएको मान्छे हुन पो पर्यो उसलाई चाहेको ठाँउमा नियुक्ति यति सजिलै गरिन्छ कि बा अचम्मै पर्छन् ।पुर्ब अर्थमन्त्री युबराज खतीवडा लाई त बा खप्पर मा लिएरै आएको रैछन् पो भन्छन् । देशको सिमाना,स्वाभिमान को बिषय मा प्रधानमन्त्रीले लिएको पछिल्लो कदमले बा बिद्रोही बनेका छन् ।आफ्नो गरिमा ,ओहोदा र स्वाभिमानी देशको जननिर्वाचित प्रधानमन्त्रीले भारतीय गुप्तचर सस्था र का पदाधिकारी र प्रमुखलाई आफ्नै निवासमा भेट्दा बा को चाउरिएको मुहार र ओठ हरु थरथरी कापेका छन् ।
न्यायलय,अख्तियार देखि अन्य मोटो आम्दानी हुने निकायहरुमा चाप्लुसी ,आसेपासे कै रजाइँ अनि बिचौलियाको नियन्त्रणमा सरकार परेको देख्दा बा लाइ आफू र अन्य जनताले नेता र ब्यबस्था परिवर्तनको लागि गरेको योगदान को हिसाबकिताब गर्न पो मन लाग्छ रे।महामारी व्यक्तिगत समस्या होइन । यो देशको जिम्मेबारी हो । चरम पूँजीवादी देशले समेत हात उठाउन सकेका छैनन् भने आफूलाई समाजवादी दाबी गर्ने हाम्रो देशले गरेको निर्णयले बा आन्दोलित छन।
बाले आखै अगाडी धेरै नेताको भासण देखे,सुने अहिले यति बहुमत प्राप्त सरकार हुदा पनि के मा अलमल छ ,बा दङग छन्।सेना,पुलिस,कर्मचारी भित्रको राजनीति ,बेथितिले यो ब्यबस्था कै खिल्ली उडाएको ठान्दै मुर्मुरिन्छन्। पानीजहाज,रेल ,घरघरमा ग्यास को पाइपलाइन को नारा लेखिएको चुनाबी घोषणापत्र बाले घरको भित्तामा टासेका छन्।
म गएको बेला पढ्छु जुन बाले घरको थाममा टासेका छन्। बा भन्छन् – तिम्रो हात एक्लो राजश्वले धानेन भनेर मन्त्री, सांसद, सल्लाहकार या कर्मचारीकोसङ्ख्या घटेको छैन । तिनको तलबभत्ता, तामझाम र भ्रष्टाचार घटेको छैन ।सबैभन्दा ठुलो पाटि का प्रमुख नेताहरू आफ्नो गुट कसरी बलियो बनाउने ,कसलाइ मन्त्री ,राजदुत बनाउने ,कसलाइ विभिन्न संबैधानिक निकायहरुमा नियुक्ति दिलाउने भन्ने कुरामा मात्रै सिमित देखिन्छन् ।
बाले भन्छन् – उहिले उहिले त संगठन बनाउदा धेरै दुख गर्थे रे कार्यकर्ता अनि नेता।कति धेरै बैठक ,प्रशिक्षण अनि गल्ती गरे कार्बाही पनि हुन्थ्यो रे,पार्टी सदस्यता लिन पनि कति गाह्रो पो हुन्थ्यो रे तर आज त माथि देखि तल सम्म पैसा भए सबै हुन्छ। भूकम्प गए सबैभन्दा पहिले त्रिपाल तिनैले पाउँछन्, कोभिड़मा हप्तामैं दुई पल्ट तिनले पिसीआर गर्न पाउँछन् । कहाँ हराउछन विभिन्न मन्त्रालय का स्वरोजगारका अरबौका बार्शिक बजेटहरु ?गरिब जनताको गाँस काटेको कर र बिदेशमा अर्कैको गुलाम बनेर पठाएक्क रेमिटान्स मा कति मोज गर्छौ ?भान्जाभान्जीलाई जागीर चाहिए तत्काल नयाँ आयोग बन्छ, नियुक्ति हुन्छ।
जीउँदै मान्छेको नाउमा प्रतिशठान खोलेर पैसा बाड्ने समय होकि खान नपाएर भोकै मर्न लागेका हरुलाइ बचाउने।जनताको कर बाट तलब,भ्रमण ,औषधि उपचार लगायत सबै सुबिधा लिने आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने तर आम जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने तिमीलाई म मेरो सरकार कसरी भनूँ ? तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ ?
भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने मेरो बा ले हात उठाउन किन मिल्दैन ?तिमीहरूले जस्तै मेरा बा हरु ले कहिले पेट भरी खान पाउछन् , तिमिहरु कै तुलनामा कहिले औसधि उपचार पाउछन् ?