अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता, बैशाख ०९ गते।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवको क्वारेन्टाइन अवधि भोली खत्म हुनेभएको छ ।
सासद यादबले छिमेकी मुलुक भारतको रक्सौल को क्वारेनटाईनमा रहेको आफ्नो क्षेत्रको जनताहरुको स्थिती बुझन गएकोले विरोधीहरुले लकडाउनको उल्घंन षडयन्त्र मूलक तरिकाले सरकारले नियम उल्लंघन गरेको भन्दै राजनीतिक इशारामा उनलाई जबर्जस्ती १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिएको थियो ।
केहि दिन अगाडि भारतको रक्सौलस्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुसँग भेटघाट गर्न पुगेका उनलाई गृहमन्त्रालयले सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिएको थियो ।
जनताको बीच सधैं ‘हाई डिमाण्ड’ मा रहने नेताको छवी बनाउन सफल हुँदै गएका सांसद् यादव दुई हप्ता जनताको सेवा गर्न नपाएकोमा सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् । भगवानरुपी जनताको सेवामा भोली देखी समर्पित हुने सांसद यादवले जनाएका छन् ।