जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ४ गते

चैत ११ गतेदेखि जारी लक डाउनलाई जेठ २० गतेसम्म थप गरेको छ । जेठ ५ गतेदेखि लक डाउनको अवधि सकिने तय भएसँगै पछिल्लो पटकको निर्णय अनुसार जेठ २० गतेसम्म लक डाउन लम्ब्याइएको हो ।

मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले लकडाउन जेठ २० गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभयो । यस्तै सरकारले क्वारेन्टाइमा बसेका मानिसलाई पनि श्रमसँग जोड्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताउनुभयो । उनीहरु लामो समय क्वारेन्टाइनमा बस्दा श्रमशक्ति बढाउन सुरक्षित रुपमा कसरी श्रममा जोड्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो

साथै नेपालीको रोग प्रतिरोधी क्षमता बढाउन जडीबुटीजन्य औषधिको प्रयोगमा प्रोत्साहित गर्ने तथा योग तथा व्यायाम जस्ता कुरामा प्रोत्साहन गर्ने विषयमा छलफल गर्नु पर्ने निश्कर्ष निकालेको र यसलाई आगामी दिनमा छलफल गरिने बताउनुभयो ।

 कृषिसँग सम्बन्धित ढुवानी र निर्माण उद्योगहरु पूर्ववत रुपमै सुरक्षित रुपमा सञ्चालन गर्ने निर्णय गरेको पनि मन्त्री खतिवडाले बताउनुभयो । आज सिंहदरबारमा बसेको बैठकले कोरोनाको रोकथामका लागि लकडाउनको उपादयता भएको उल्लेख गर्दै यसलाई थप व्यबस्थित र कडाइ गर्न सिफारिस गरेको थियो ।

त्यस्तै जथाभावी रुपमा गरिएका थुनछेक अवरोध हटाउने र सबै स्थानमा प्रहरी परिचालन गनु पर्ने तथा आपूर्ति ब्यबस्थालाई थप व्यबस्थित गर्ने जस्ता विषयमा पनि सिफारिस गरेको थियो । यस्तै स्थानीय स्तरमा क्वारेन्टाइन थप्न पनि बैठकले सिफारिस गरेको थियो ।कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र सङ्क्रमित दुईजनाको ज्यान गएकाले लक डाउन लम्ब्याउन उपयुक्त भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *