नारायणी अस्पतालको जेनेरल सेवा सुचारु गर्न अस्पताल प्रशासन गम्भीर नरहेकोले आन्दोलन जारी रहने-युवा नेता सरार्फ

अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ १६ गते

नारायणी अस्पतालको जेनेरल सेवा सुचारु गर्न अस्पताल प्रशासन गम्भीर नरहेकोले आन्दोलन जारी रहने-युवा नेता सरार्फ नारायणी अस्पतालको जेनेरल सेवा सुचारुको लागी बिगत २७ दिन देखि जारी धर्ना कार्यक्रम आज पनि जारी रहेको छ।

यसै बिच धर्ना/आन्दोलन गर्ने समूहले नरायणी अस्पतालका मेसु डा. मदन उपाध्यायलाई आज अस्पताल मै पुगि ध्यानाकर्षण गराएका छन्। मेसु र आन्दोलनलकारी पक्ष बीच भएको छलफल सकारात्मक भए पनि त्यो अनुसारको गम्भीरता र तयारी सन्तोषजनक नभएकोले आन्दोलन जारी रहने युवा नेता ओमप्रकाश सरार्फले बताए।

दिनहुँ जनताले निजि अस्पतालमा भारी आर्थिक भार खेप्दै उपचार गराउन बाध्य रहेको र जनताको जिउ ज्यानको रक्षाको लागि नरायणी अस्पतालका सेवा तत्काल सुचारु हुनु पर्ने र त्यसकै लागि आज मेसुलाई दवाब दिएको अर्का नेता नेजामोदिन समानिले बताए।

छलफलमा महिला नेत्री मोनिका सिह,मानवअधिकार कर्मी हरेन्द्र पटेल(बाबा) पनि सहभागी थिए। आइतबार देखी केहि सेवा सुचारु हुने मेसुले छलफलको क्रममा बताएको तर आन्दोलनकारीले अधिकतम सेवा सुचारु गर्न आग्रह गरेको एक जना सहभागीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *