अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता जेठ १८ गते
कपिलवस्तुको कृष्णनगरमा पूर्व मन्त्री ईश्वर दयाल मिश्राको पहलमा १५ जना सञ्चारकर्मी १० जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको सहयोगमा र पूर्व मन्त्री ईश्वर दयाल मिश्राको पहलमा वितरण गरिएको छ ।

स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र संचारकर्मीहरु उच्च जोखिममा परेको हुनले स्वास्थ्य मन्त्रालय संग समन्वय गरि सुरक्षित राख्न कीट वितरण गरिएको पूर्व मन्त्री मिश्रले बताएका छन ।
पीपीई सेट वितरण कार्यक्रम पूर्व मन्त्री को निवास कर्मा राखिएको थियो भने वितरण कार्यक्रममा कृष्णनगर नगरपालिकाका उपमेयर सल्लाहकार तुफेल खां, नेकपा कृष्णनगरका नगर अध्यक्ष जावेद खान , वडाध्यक्ष जमिल खां, साहिद खान लगायतको उपस्थिति रहेको थियो ।