बलिउडका दिग्गज अभिनेता दीलिप कुमारका भाइको कोरोना भाइरसको कारण मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १८ गते

बलिउडका प्रसिध अभिनेता दीलिप कुमारका भाइको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोनासँग लडिरहेका ९० वर्षीय एहसान खानको लीलावती अस्पतालमा बुधबार राति करिब ११ बजे मृत्यु भएको हो । लीलावती अस्पतालका अनुसार कोरोनाबाट संक्रमित भएका एहसान हृदय रोग, उच्च रक्तचाप र अल्जाइमरका रोगी पनि थिए । यसअघि २१ अगष्टमा दीलिप कुमारका अर्का भाइ असलम कुमारको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या देखा पर्न थालेपछि दुवैलाई लीलावती अस्पतालमा भर्ना गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *