अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १३ गते
विश्वमा एकै दिनमा २ लाख २९ हजार ३९१ संक्रमित थपिएका छन् । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख ४६ हजार ६६३ पुगेको छ ।

बितेको २४ घण्टामा ३ हजार ७९८ जनाको मृत्यु भएको छ । विश्वमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६ हजार ३४४ पुगेको छ ।
विश्वमा सक्रिय संक्रमितको संख्या ७६ लाख ६६ हजार नाघेको छ । यी मध्ये ६५ हजार ३७२ जनाको अवस्था चिन्ताजनक छ । त्यसैगरी हालसम्म २ करोड ४८ लाख ७६ हजार १८६ जना निको भएका छन ।