अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १४ गते
विश्वमा हालसम्म १० लाख १२ हजार ५८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विश्वमा २४ घण्टाको अवधिमा ५ हजार ८४३ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा एकैदिन २ लाख ८७ हजार जना नयाँ संक्रमित थपिएका छन् । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख ३८ हजार ५६६ पुगेको छ । विश्वभर हालसम्म सक्रिय संक्रमितको संख्या ७६ लाख ८४ हजार नाघेको छ ।
विश्वभर कोरोना मुक्त हुनेको संख्या २ करोड ५१ लाख ४३ हजार ९२७ पुगेको छ । जसमध्ये ६५ हजार ६ सय बढीको अवस्था चिन्ताजनक छ ।