फ्रान्समा दोस्रो चरणको लकडाउन हटाएर रात्रिकालिन कर्फ्यू सुरु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस १ गते।

फ्रान्सले देशव्यापी रुपमा चलिरहेको लकडाउन हटाएर पुनः रात्रिकालिन कर्फ्यू सुरु गरेको हो ।

फान्सको समय अनुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म स्थानीय अधिकारीको अनुमति बिना कोही पनि घरबाट निस्कन पाउने छैनन् । बार र रेष्टुरेन्ट भने कम्तिमा जनावरी २० सम्म बन्द नै रहनेछ ।

यस्तै घरबाहिर निस्कनको लागि औपचारिक पुष्टि गर्न प्रिन्ट वा डाउनलोड गरिएका कागजपत्र आवश्यक पर्ने छैन ।

फ्रान्समा अहिले दैनिक ५ हजारको दोब्बरभन्दा बढीले नयाँ संक्रमित थपिने क्रम चलिरहेको छ भने ७ सय ९० भन्दा धेरैको मृत्यु भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *