अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १३ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख ६४ हजार ८२३ जना रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको छ।