चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन आज दिउँसो काठमाडौं आइपुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १८ गते।

चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ ।

मंगलबार बेइजिङबाट क्याप्टेन विजय लामाको टोलीले ८ लाख डोज भ्याक्सिन ल्याएको हो । क्याप्टेन लामाको टोली सोमबार राति बेइजिङ उडेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । बाँकी दुई लाख खोप तिब्बतले दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *