अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ ५ गते।
बलिदानी दिवसको अवसरमा आज (सोमबार ) प्रदेश २ मा सार्वजनिक विदा दिइएको छ । मुख्यमन्त्री सञ्चार सचिवालयले प्रदेश २ मा आज सार्वजनिक विदा दिइएको घोषणा गरेको छ ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आएको छ ।
तर, यसवर्ष प्रदेश २ को विभिन्न ठाउँमा मनाउने बताइएको छ ।