महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाइ प्रोत्साहन स्वरुप साइकल बितरण

अनलाईन न्युजपाटी उर्मिला यादव नवलपरासी,समाचारदाता,माघ १३ गते।

पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ मा रहेको मनरी स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाइ प्रोत्साहन स्वरुप साइकल बितरण गरीएको छ ।

मनरी स्वास्थ्य चौकीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर २ को सहयोगमा  सोमबार ८ जना स्वयम सेबिकाहरुलाइ साइकल बितरण गरीएको हो ।

कार्यक्रमका अध्यक्ष तथा कार्यपालिका सदस्य छिमादेवी रायको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम मनरी स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

सिता देवी शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा मनरी स्वास्थ्य चौकीका प्रमुख निलकण्ठ  भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको ल्याब टेक्निसियन गणेश अर्यालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *