मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ मा भोलि सार्वजनिक विदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ३० गते।

प्रदेश २ सरकारले भोलि  मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा सार्वजनिक विदा दिएको छ।

इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिइएको हो ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको जारी सूचनामा उल्लेख छ ।

मुख्यमन्त्री लालबाबु राउतले इदको अवसरमा सम्पूर्ण मुस्लिम धर्मालम्बीहरूलाई शुभकामनासमेत व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *