अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ १० गते।
बङ्गलादेशमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ ।
सरकारले बन्दाबन्दीको अवधि बढाए पनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो । बङ्गलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत यो निर्णय सार्वजनिक गरेको हो ।
सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
हालका दिनहरूमा कोभिड–१९ सङ्क्रमण र मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धलाई सहज बनाइएको हो ।