जनकपुरधामको बसहियामा एक घरमा सडेको अवस्थामा एक जनाको शव फेला

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २० गते।

जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक बन्द घरमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ ।

अन्दाजी २५–३० वर्षका युवकको शव ७० प्रतिशत भाग सडेगलेर किराले खाएको अवस्थामा बुधबार दिउँसो फेला परेको हो । मृतक युवकको सनाखत हुन सकेको छैन ।

धनुषाका प्रहरीका प्रवक्ताका अनुसार उक्त घर लामो समयदेखि खाली थियो ।

बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले छोपेको अवस्थामा शव फेला परेको हो । दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले ताला तोडेर भित्र हेर्दा बेडमा सिरकले छोपिएको अवस्थामा शव फेला परेको मिश्रले बताए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको डीएसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *