अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २० गते।
धनुषाबाट कटुवा पेस्तोल सहित दुई युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका – २ बस्ने २५ वर्षीय उत्तिमलाल पासमान र १९ वर्षीय निपुल यादव छन्।
दुबैजनालाई बुधबार साँझ ६ बजे धनुषाको यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरिया देखि ५ सय मिटर उत्तरमा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।