विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाईदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २७ गते।

विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् ।

जनकपुर लगायत ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै बरसाईत पर्व मनाउने गर्छन् ।

बिहानैदेखि जनकपुर तथा ग्रामिणभेगमा रहेको वरको रुखमुनि पुजा गर्न महिलाहरु लाईनमा लागेको छ । कोरोना महामारीमा भएको लकडाउन र संक्रमणको डरले कतिपय महिलाहरु घरमै बरको हाँगा ल्याएर पूजा आजा गर्दैछन् ।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।

बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो व्रत परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *