इन्सपेक्टरले पैसा लिएर तस्करीको लाईन दिएको आरोप निराधार

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,जेठ २७ गते।

सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख  सशस्त्र प्रहरी निरीक्षक ईशवर अधिकारीको सक्रियाताले सिमानाकामा हुने अवैध कारोबारीहरुमा लगाम

सशस्त्र प्रहरी बल बिओपी अलौको  प्रमुखको रुपमा आएको दिन देखि नै सशस्त्र प्रहरी निरीक्षक अधिकारीको कूशल कार्यशैलीका कारण त्यस क्षेत्रमा गलत कार्य गर्नैहरुको होस हवास उडेको छ।

सशस्त्र प्रहरी बल (बिओपी ) अलौले  विशेष सुचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौवाट बुधबार राति भारतवाट चोर वाटो प्रयोग गरि नेपाल भित्राईरहेको ३ पोका कपडा सहित मोटरसाइकल पक्राउ गरि  वीरगंज भन्सार कार्यलयमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक  अधिकारीले बताए।

सशस्त्र प्रहरी बिओपी अलौका सशस्त्र प्रहरी निरीक्षक अधिकारीले कपडाको पोका बरामद गरेपछि केही अवैध  तस्करी गतिविधि गर्ने  जमातहरुले बदनाम गराउनको लागि  समाजिक संजालमा  ईन्सपेकटरले पैसा घुस लिएको झुठ्ठको खेती गरेको  स्थानियहरुले बताएका छन् ।

पर्सा जिल्लाको अलौ नाकामा सशस्त्र प्रहरी बिओपी अलौ र नेपाल प्रहरी श्रिसियाका जवानहरु दिन रात  संयुक्त रुपमा खटेएर अलौ नाका देखि कोन्हिया नाका सम्म पुर्णरुपले कडाई गरि तस्करीमा लगाम गरेको स्थानियहरुले बताएका छन्।

त्यसै गरि सशस्त्र प्रहरी निरीक्षक अधिकारीको सक्रियताले गलत कार्य गर्ने विरुद्ध एक्शनमा आउदा विगत केही बर्ष पहिला देखि सिमानाका हुने तस्करी गतिविधिमा कमि आएको आम जनताको बुझाईरहेको छ।

निरीक्षक अधिकारीले आफनो एरीया भित्र कानुनले निषतेज गरेका कुनै पनि गैरकानुनी कार्यलाई बढावा नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *