शिवराजको डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, जेठ ३१ गते।

जिल्लाको शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस बर्ष डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेको छ ।

जिल्लाको ४ साझेदारी बन व्यवस्थापन समिति मध्ये शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक बर्ष ०७७/०७८ मा लगभग एक लाख बीस हजार टिक(सागवन) र तीस हजार मसलाका बिरुवा उपभोक्तालाई उपलब्ध गराउने साझेदारीका अध्यक्ष जगदम्बा प्रसाद चौधरीले बताउनुभयो । उनले आज बन कर्मचारी र संचारकर्मीसंगको अन्तर्क्रियामा भारतीय सिमासंग सटेको यो साझेदारीमार्फत बन पैदावार पढाउने र जंगलको दायरा फराकिलो बनाइ उपभोक्ताको बनमा पहुंच गर्ने मेरो लक्ष्य रहेको बताउनुभयो ।

शिवराज साझेदारी बन व्यवस्थापन समिति जिल्लाकै नया समिति भएतापनि बन क्षेत्रफल बढाउन र निजि बन व्यवस्थापनमा हामी सफल भएको सहायक वनअधिकृत प्रेमशंकर गुप्ताले जानकारी दिनुभयो। थोरै समयमा करिब १२ हजार क्विब फिट काठ संकलन गरेका छौ, काठ बिक्रीवितरण खुला गरिएको समाचार आएको छ तर अधिकारिक जानकारी नआएकाले काठ वितरण गर्न नसकेको अधिकृत गुप्ताले बताउनुभयो ।

शिवराज साझेदारीले नर्सरी व्याड बनाई प्रत्येक बर्ष निशुल्क बिरुवा उपलब्ध गराउदै आएको छ भने यसबर्ष पनि असार ७ गतेदेखि वितरण गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *