अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १७ गते।
तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोबाट सोही जडाका करिब ३० बर्षिय सरस्वती थपा र ७० वर्षीय हरीमाया बसेलको निधन भएको वडा सदस्यले बताए । एक जनाका अवस्था गम्भिर रहेको छ।
घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उप प्रमुख करुणा गुरुङ्गले बताइन् । उनका अनसार घटनास्थलमा जन प्रतिनिधिहरुको टोली जाँदै छ। घटनास्थल जाने सडकहरु पहिरोले बन्द रहेकाले पैदल नै घटना स्थल जाने तयारी जनप्रनिधिहरुको रहेको छ ।
यसैगरी मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको म्याग्दे खोलामा आएको बाढीले धानखेत डुबाएको छ । असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाउँपालिका–६ का दीर्घबहादुर भण्डारीले बताए ।
केही ठाउँमा पुल तथा घर र गोठहरू बगेका छन् भने केही बेपत्ता रहेका छन् । पहिरोका कारण पृथ्वी राजमार्ग समते अवरूद्ध भएको छ । क्षतिको वास्तविक विवरण प्राप्त भइसकेको छैन ।