अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन ४ गते।
प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना धनुषाको महेन्द्रनगरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-२ कार्तिककुमार बस्ने ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ नगरपालिका-५ बस्ने २१ वर्षीया रुवीकुमारी साह रहेकी छन् ।
ज.३ प. ५४९ नम्बरको मोटरसाइकलमा दुबै जना शंकास्पद रुपमा आइरहेकोले प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा ५ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।
प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको बीचमा च्यापेर राखेको झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको डीएसपीले बताए ।
पक्राउ परेका दुबैजनालाई मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।