आज साउन महिनाको पहिलो सोमबारी, भगवान शिवको धुमधामसंग पूजा अर्चना गरिँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन ४ गते।

साउन महिनाको पहिलो सोमबारी आज श्रद्धालुहरुले भगवान शिवको पूजा गरी मनाई रहेका छन् ।

साउनको पहिलो सोमबार आज विहानै देखी जनकपुरको शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । 

बिहानैदेखि धनुषा जनकपुरधामको शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

साउनमा सोमबारको विशेष महत्व रहेकोले श्रद्धालुभक्तजनहरु व्रत बसेर भगवान शिवको पूजाअर्चना गर्नेगर्छन ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *