समाजिक जिम्मेवारी बोध गर्न लहानमा SOS स्कुलको स्थापना

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, साउन २१ गते।

सिरहाको लहानमा  प्रदेश न. २ कै सबभन्दा ठुलो लगानीमा सैशिक संस्था तथा SOS स्कुलको स्थापना भएको छ।

समाजिक जिम्मेवारी बोध गर्न समाजिक मुल्यमान्यता जिम्मेवारी निर्वाह गर्न, समाज लाई उन्नत र बिकास गर्न स्कुलको स्थापना गरेको हो।

समाज परिवर्तनमा शिक्षाको महत्त्वपूर्ण भुमिका रहदै आएको स्कुलका संचालक सुदिप राज कुशवाहाले बताए।

लहानलाई नै शैक्षिक हब्ब बनाउने उदेश्यले sos स्कुलको स्थापना गरेका संचालक कुशवाहाले जानकारी दिनुभयो।

स्कुलका प्रीन्सिपल अभिनारायण निरौलाका अनुसार समाज र शिक्षालाई अन्यौलता छ र समाजको परिचय र समाजमा लुकिएको न्मस लाई शिक्षाको मोडालिटी विभिन्न समुदायको ब्यक्तीहरुसंग सल्लाह र सुझावलाई आत्मसात गर्दै स्कुलको पठन पाठन अगाडि बढाउने बताए।

यो स्कुलको विद्यार्थीहरुले जागिर गर्नु भन्दा अरुलाई रोजगारी दिने सैशिक जनशक्ति प्रदान गर्ने तथा ब्यक्ती निर्माण गर्न sosले लगेका हुन्।

घरमै बसेर अन्तर्राष्ट्रिय रिलेशन सीप बनाउने र अहिलेको जेनरेशनले चाहिएको प्रबिधिको माध्यमले शिक्षा दिने वातावरण हाम्रो स्कुलले दिने बताए।

किताब अध्ययनको बानीको बिकास गर्ने बानी हामी बसाउछौ,र बाच्ने बानीको बिकास गर्ने समाजिक संस्कार हामीले दिन छौँ र संकृत भाषाको हाम्रो बच्चाले बुझाछौ र २ नम्बर प्रदेशमा राम्रो शिक्षा क्षेत्रमा उचाई दिने उदेश्यले स्कुल   संचालनमा आएको हो।र पौष्टिक खाना,स्वस्थकर खाना खुवाउने बिधालयको अडान रहेको छ।

बिद्यार्थीहरुलाई समाजमा रिसर्चको बानीको बिकास संगै  बिद्यार्थीहरुलाई पत्रकारिता लेखन प्रबिधिको बिकास गर्ने  स्कुलले मासिक पत्रीका समेत प्रकाशन गर्ने अठोट रहेको छ। बिसुद्ध माउन्टेस्वरीको शिक्षा दिने र विभिन्न सरकारी र गैरसरकारी र निजि संघ संस्थाको फर्म भर्ने तरिका सिकाईने र कुनै पनि विद्यार्थी अन्भिगिय नरहन दिने बताए।

प्रत्येक विद्यार्थीहरुलाई नेतृत्व क्षमताको बिकास गराउने sos समाजको जन्ननी बनाउने हाम्रो प्रयास रहने प्रतिबध हुनु भएको छ।समाजका सबै धर्म संस्कृति प्रम्पराहरुको ज्ञान्  सिकाउने मौका दिने गरेको हो।

योग शिक्षा समेत दिने स्कुलको योजना रहेको छ स्कुलको अधिकारी ब्यक्तीले बताए।माउन्टेस्वरी शिक्षा देखि सुरु गरेको स्कुलले आउने दिनमा उच्च शिक्षा सम्मको शिक्षा दिने योजना रहेको छ।

स्कुल संचालक समितिका सदस्य राकेश झाका अनुसार नेपालमा मात्र हैन,अन्तर्राष्ट्रिय रुपमा यो स्कुलको बिकास होस भने हाम्रो चाहना रहेको पत्रकार समेलनमा बताउदै  कार्यक्रमको समापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *