लागुऔषध गाँजासहित एक जना जनकपुरधामबाट पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,भदौ १ गते।

लागुऔषध गाँजासहित एक जनालाई जनकपुरधामबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय बीरबहादुर बलोन छन् ।

बा ५ च १४० नम्बरको पिककप भ्यानमा लुकाइँ ल्याउँदै गरेको गाँजा जनकपर उपमहानगरपालिका वडा नं ४ मुरलीचोकबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

भ्यानमा पानी राख्ने प्लाष्टिकको ट्याङ्कीमा १० पोका गाँजा राखेको थियो । बरामद गाँजा एक क्विनटल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बलोनसँगै गाँजा र भ्यानलाई प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको बुझिएको छ । गाँजा कहाँबाट ल्याएको विषयमा केहि खुल्न सकेका छैन ।

उनीमाथि आवश्यक अनुसन्धान र कारबाही अगाडी बढाएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *