धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज १ गते।

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  अन्य एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमम स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिका नरहाका ३० वर्षीय रुपेश यादव रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षकले जानकारी दिए । 

यस्तै लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम दुर्घटनामा परि घाइते भएका छन् ।

उनको स्थानीयस्तरमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *