अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १८ गते।
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ ।
विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो नगरदर्शन भएपछि दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ ।
फूलबारी लीलामा फुलबारीमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्रांगणमा रहेको फूलबारीमा घुमाइन्छ ।
त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसंग फूल टिप्न आएकी जानकीसंग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।
सोहि अनुसार विवाहपञ्चमी महोत्सवमा दोश्रो दिन फूलबारी लिलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने गरिन्छ ।