अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १२ गते।
३५ वर्षीया महिलाको पशुपतिनाथ मन्दिर परिसरमा हत्या भएको छ ।
मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्नताको आशंकामा प्रहरीले मृतक चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भएकी अनु थापा उर्फ ठुलो चल्लीलाई पक्रेको छ ।
अनुको मोवाइल चोरेको आरोपमा तीन दिनअघि उनी सहितका केही केटाले बबितालाई कुटेका थिए । मृत्यु भएपछि उनको शव जलाउने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बबिताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । उनी दुई वर्षदेखी मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी थिइन् । हत्यामा संलग्नहरुले चाउचाउको काटुर्न प्रयोग गरेर शव जलाउने प्रयास गरेको तर, नजलेपछि गाड्नका लागी खाल्डो समेत खनेको बताइएको छ ।