अनलाईन न्युजपाटी चितवन,समाचारदाता,फागुन ५ गते।
चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिण मरेको छ ।
बुधबार बिहान रत्ननगर नगरपालिका–९ सिँचाइ गेट अगाडिको सडकमा रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रकले हरिणलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार हरिणको घटनास्थलमै मृत्यु भएको र ट्रकसहित चालक फरार भएका थिए।
ठक्कर दिने ना ६ ख १४६० नम्बरको ट्रक र नवलपुरको देवचुली-१ बस्ने २४ वर्षीय चालक अनिल कुमाललाई भरतपुर–१ रामनगरबाट नियन्त्रणमा लिइएको थापाले बताए।
ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको उनले बताए।