अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १२ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार १२२जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ३ लाख ११९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ५७३ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो चौबीस घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ ।