कास्की जिल्लामा जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा थप

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ३० गते।

जेठ १ गते  बिहान ५  बजेदेखि लागू हुनेगरी आगामी जेठ ७  गते राति १२ बजेसम्मका लागि कास्की जिल्लामा निषेधाज्ञा थप गरिएको छ ।

यस अघि बैशाख भर लागु गरिएको  निषेधाज्ञाको समयावधि सकिनासाथ लागू  हुनेगरी थप एक साताका लागी  थप आदेश जारी गरिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको  बुधबारको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा  वैशाख १३ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख १९  गते पुनः बैशाख महिनाभरसम्मका लागि समय थपिएको थियो  । सङ्क्रमण दर बढ्दै गएपछि  पुनः एक साता थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका  अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९  बजेसम्म खुला रहने भएको छ ।   उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन भने  खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने  तथा सवारीसाधानमा ५ जना मात्र सवार हुन  र एकमात्र सवारी प्रयोग गर्न  आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *