जनकपुरधाममा प्रत्येक वर्ष भव्य रुपमा मनाइने जानकी नवमी उत्सव नहुने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ६ गते।

कोरोना भाइरसको महामारी फैलिएका कारण नेपाल सरकारले लकडाउन लगाएपछि जनकपुरधाममा प्रत्येक वर्ष भव्य रुपमा मनाइने जानकी नवमी उत्सव नहुने भएको हो।

नेपाल सरकारले लगाएको निषेधाज्ञाको पालना गर्दै जानकी नवमीको अवसरमा यस वर्ष कुनै प्रकारको उत्सव नगरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए।

उत्सवकै समयमा कोरोना महामारीको त्रास रहेकाले नेपाल सरकारले लगाएको निषेधाज्ञाको पालना गर्नु अहिलेको आवश्यक्ता रहेको उनको भनाइ छ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइँदै आएको जानकी जन्मोत्सवका दिन जानकी मन्दिरले भव्य कार्यक्रमको आयोजना गर्दै आएको थियो।

यस वर्ष मन्दिर भित्रै जानकी जन्मोत्सवको अवसरमा ९ दिनसम्म पूजा अराधना गरिने महन्थ दासले बताए। उनका अनुसार वैशाख १२ गते घटस्थापना हुनेछ भने जानकी जन्मोत्सव मन्दिरभित्रै वैशाख २० गते मनाइने छ।

महन्थ दासले विश्वभरी कोरोना महामारी फैलिएकोले जानकी जन्मोत्सवका दिन घर घरमै विशेष आरती गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *