आज थपिए८ हजार ९८० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ८ गते।

आज पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा थप ८ हजार ९८०जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२९ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार १५३ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *