निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ९ गते।

निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।

कोभिड–१९ संक्रमण बढेको तर निषेध आदेश उल्लंघन भइरहेको गृह मन्त्रालयको निष्कर्ष छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि संकेत गरेर गृह मन्त्रालयले भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई भीडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *