पर्सा प्रहरी द्धारा वित्तीय कारोबार गर्ने २ जना सहित करिब ५४ लाख बरामद

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,जेठ १३ गते।

पर्सा प्रहरीले ५३ लाख ८० हजार रकम सहित अवैधरुपले वित्तीय कारोबार गर्नै  २ जनालाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक बेलबहादुर पाणडेको लकडाउनको मोका छोपी अहिले वित्तीय हुण्डी कारोबार गर्नै ग्रोहहरु चोर बाटो प्रयोग गरि कारोबार गर्नैहरु बढेको  सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा वीरगंज– ८ पानीटंकीस्थित विपिसी क्याम्पस छेउमा डेरा गरी बस्ने शिव आनन्दसमेत २ जनाले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेकोमा बिहिबार विहान ११ बजे वीरगंज महानगरपालिकाको वडा नं.११ श्रीपुर बस्ने प्रकाश जैसवाललाई नियन्त्रणमा लिएको थियो । जैसवालले हिडेर बोकेको कालो झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२४ लाख फेला परेको बताउनुभयो।

त्यसैगरी प्रहरीले  शिव आन्नद गुप्ताको डेरामा खानतलाशी गर्दा दुई वटा कालो झोला भित्र लुकाई छिपाई राखिएको २९ लाख ८० हजार थप फेला परेको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा ११ श्रिपुर निवासी बर्ष १९ को प्रकाश जैसवाल र बारा जिल्ला प्रसौनी गाऊपालिका निवासी बर्ष २६ को  शिव आन्नद गुप्तालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

दुवै रकम  जम्मा गरी नेपाली रू. ५३ लाख असी हजार बरामद गरी दुबै जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुधको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *