प्रदेश २ सहित देशका धेरै स्थानमा अति भारी वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १४ गते।

बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश २ सहित देशका धेरै स्थानमा मेघगर्जन,चट्याङ,हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

प्रदेश २ , प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रदेशहरुमा दिउँसो पनि वर्षा हुने जनाएको छ ।
प्रदेश २ को जनकपुर क्षेत्रमा राति ८ बजेदेखि निरन्तर हल्कादेखि मध्यम वर्षा हुने क्रम शुक्रबार बिहानसम्म जारी रहेको छ ।

गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली-पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात-वर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *