आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १६ गते।

जल तथा मौसम बिभागका अनुसार हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका केहि स्थानहरूमा र अन्य प्रदेशहरुका एक/दुई  स्थानमा  हल्का वर्षा भईरहेको छ ।

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,बागमती र लुम्बिनी प्रदेशका एक/ दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का  एक/ दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु (जस्तैः हिलोबाटो, हिलेभीरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *