लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १७ गते।

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्र मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ । मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ ।

उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे रहेका छन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा पाण्डेलाई उठाएका हुन् ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदानमा सहभागी हुने मतदाताहरूले अनिवार्य रुपमा पिसिआर परीक्षण रिपोर्ट लिएर जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । साथै, कोरोना पोजेटिभ देखिएकाहरुका लागि छुट्टै मतदानस्थल समेत बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *