जेठ २५ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकलाई दिइने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १९ गते।

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ।

६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार रहेका मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त भरोसेल खोपको पहिलो डोज लगाउने ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *