काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्मको लागि थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १९ गते।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ ।

बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय गरिएको भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *