अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १९ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५ हजार ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ५ लाख ७१ हजार १११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ४ लाख ६१ हजार ५६३ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १०१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ ।