लागुऔषधसहित कैलालीमा तीन जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २५ गते।

लागुऔषधसहित कैलालीमा तीन जना पक्राउ परेका छन्

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीय लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाईट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजु समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *