अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २५ गते।
दाङमा असार १ गतेसम्म निशेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको मंगलवार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । जस अनुसार अव खाद्यान्न पसलहरु हरेक दिन विहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एव समितिका अध्यक्षले जानकारी दिएका छन् ।
अध्यक्षका अनुसार अव सवै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि २ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । बैठकले होटेल, रेष्टुरेण्ट,डान्सवार, खाजाघर, कपाल काट्ने पसललगायतका अन्य व्यवसायहरु खोल्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।