अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २६ गते।
यही जेठ २७ गते र २८ गते दार्चुलामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइने भएको छ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार मंगलबार कोभिड १९ खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले जेठ २७ गते र २८ गते दुई दिन भेरोसेल खोप लगाउने निर्णय गरेको हो।
जिल्लाका ५५ वर्ष उमेर माथिका नागरिकलाई खोप लगाइने निर्णय भएको बताइएको छ। सुदुरपश्चिम प्रदेशबाट दार्चुलाका लागि २ हजार ५५ डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय दार्चुलाले बताएको छ।