आफ्नै साथीको हत्या गर्ने कैलालीमा एक जना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,जेठ २६ गते।

आफ्नै साथीको हत्या गर्ने कैलालीमा एक जना पक्राउ परेका छन्।

कैलारी गाउँपालिका वडा नम्बर  ४ के गाउँका ३९ वर्षीय सोम बहादुर बस्नेत पक्राउ परेका हुन्। 

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँस्थित बिरेन्द्र सामुदायीक बनमा लुकिछिपी बसेको उनलाई पक्राउ गरेको हो। 

उनले गत २४ गते सोमबार लम्कीचुहा नगरपालिका वडा नम्बर  २ मोतिपुरस्थित पदम बहादुर बुढा क्षेत्रीको मिनि पक्की घरमा बिगत १ महिना देखी डेरा कोठा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने धनगढिका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *