स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,जेठ २६ गते।

रौतहटबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित  दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए ।

बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा पुर्‍याउन आएको बताएका छन् । बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *