अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २६ गते।
आज पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६४२ जनाको परीक्षण गर्दा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४४९ जना र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना निको भएर घर फर्किएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा थप ८१ संक्रमितको मृत्यु भएको छ ।