चितुवाको छालासहित दुईजना कीर्तिपुरबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २७ गते।

चितुवाको छालासहित दुईजनालाई कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका-१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्नासहित दुईजना रहेका छन् ।

गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *