अवैध रूपमा लुकाएर राखिएको पेस्तोलसहित लागूऔषध कारोवारी पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २७ गते।

अवैध रूपमा लुकाएर राखिएको पेस्तोलसहित लागूऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका – ८ का  ६० वर्षिय  अब्बास मियाँ, सुन्दरहरैचा नगरपालिका ९ का चेवन कुमार धमला  र सोही स्थानका  बिशाल भन्ने खेम भट्टराई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपीले जानकारी दिए ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धमला र भट्टराई सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । उनीहरु सवार प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिकै  तीनजनालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागूऔषध भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपीका अनुसार झोलाबाट लागूऔषध ८९२ थान नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस जस्तो देखिने वस्तु भेटिएको थियो ।

प्रहरीको अनुसार मियाँले धमला र भट्टराईलाई लागूऔषध बिक्री गरेका थिए । 

पक्राउ परेका तीन जनलाई  इप्रका बेलबारीबाट थप अनुसन्धान भइरहेको डिएसपीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *