आजदेखि नेपालमा मनसुनी वायु प्रवेश

अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदाता,जेठ २८ गते।

आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ ।

यसपालिको मनसुन औसतभन्दा २ दिनअघि नै नेपाल आएको हो।  पछिल्लो समय नेपालमा मनसुन आउने मिति जुन १३  तय भएको छ।

‘आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो। तर उत्तरपूर्वी भारतमा नै चार-पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो नेपाल पुगेको हो।

जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको  नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *